“प्रेस सिध्याउने कानून मान्दैनौं, हामी अवेज्ञा गर्छौं ”– महासचिव विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले लोकतन्त्रको आवरणमा सरकारले पे्रसलाई निमोठ्न खोजेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव बिष्टले भने, “सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको छ, मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं।”

सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल खारेज नगरे आफुहरु अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने उनले चेतावनी दिए ।

सरकारले संसदमा प्रस्तुत गरिएको विद्येयक जस्ताको तस्तै पारित भए देशमा प्रेसको स्वतन्त्रता बाँकी नरहने बताउँदै महासचिव बिष्टले भने, आफूहरुलाई कुनैपनि हालतमा यो विद्येयक स्विकार्य छैन, प्रेस सिध्याउने कानून मान्दैनौं, हामी अवेज्ञा गर्छौं ।’

आमसञ्चार ऐनपनि प्रेसविरोधी आउन लागेको प्रती आक्रोस पोख्दै उनले भने, ‘हामी दरवारसँग लडेर आएका हौं । हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ । सीप छ , हामीले सरकारको प्रेस बिरोधी कदमप्रती आन्दोलनको घोषणा गरिसकेका छौं।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार