दैलेख । दैलेखमा भुकम्प गएको छ । जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु बनाएर गएराति १२ः३६ बजे ५.१ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का दैलेखसँगै छिमेकी जिल्लाहरुमा पनि महसुस गरिएको स्थानियहरुले बताएका छन् ।
भूकम्पको धक्का महशुस भएपछि स्थानियहरु मध्यरातमा आत्तिएर घर बाहिर आएका थिए ।
भुकम्पले कति क्षती गर्यो भन्ने बिषयमा अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
२०७२ वैशाख १२ गते गएको बिनासकारी भूकम्पपछि हरेक बर्ष वैशाख जेठमै विभिन्न ठाउँमा भूकम्पका पराकम्पहरु गइरहेको छन् ।