काठमाडौं । समाजवादी पार्टी नेपालले एक टेलिभिजन कार्यक्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि अभद्र व्यवहार भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एभिन्युज टेलिभिजनमा आइतबार राती ९ बजे प्रसारण भएको लाइभ अन्तरवार्ताका क्रममा कार्यक्रम संचालकले पत्रकार आचारसंहिताको समेत ख्याल नगरी पार्टी अध्यक्षमाथी बदनियतपुर्ण ढंगले प्रश्न सोधि दुब्र्यवहार गरेको आरोप लगाएको छ ।
उक्त घटनालाई लिएर एक बिज्ञप्ती जारि गर्दै ‘घटनाप्रति दुख ब्यक्त गर्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं, भनिएको छ ।
जारि विज्ञप्तीमा समाजवादी पार्टी नेपालले उक्त घटनालाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
स्मरण रहोस समाजवादी पार्टी नेपालका कार्यकर्ताले सोमबार बिरगंजस्थित एभिन्युज टेलिभिजनको ब्युरो कार्यालयमा तोडफाड गरेका थिए । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो पट्टी बाँधेर आएका केही मानिसले कार्यालयमा तोडफोड गरेको एभिन्युजले जनाएको छ ।
पढ्नुहोस समाजवादी पार्टी नेपालद्धारा जारि विज्ञप्ती
के भएको थियो उपेन्द्र यादवसंग, हेर्नुहोस कार्यक्रमको भिडियो