देशमा विकासको नयाँ मोडल खोजौं : अध्यक्ष प्रचण्ड

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तनका लागि नयाँ विकास मोडलको खोजी गर्नु पर्ने बतएका छन् । देश लोकतान्त्रिक गणतन्त्रमा चलिरहेका बेला विकासको कार्य पनि नयाँ ढंगले खोज्नु पर्ने आवश्यकता औल्याएका हुन् ।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै  अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिएका छन् । अहिलेको अवस्थामा संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सबै पक्षलाई आह्वान समेत गरेका छन् ।

सम्मेलनमा आफ्नो भनाई राख्दै अध्यक्ष दाहालले सम्मेलनले अर्गानिक कृषिबाली उत्पादनमा जोड दिने खालका योजनाहरु तय गर्न आग्रह गरेका छन् । अहिले बजारमा अग्र्रानिक उत्पादन पाउन गाह्रो भइरहेको र मानव स्वास्थ्यमा असर पर्ने खालका खानेकुरा उत्पदन भइरहेका बेला सम्मेलनको सान्दर्भिकता भएकाे उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार