काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा एकसाता लामो भ्रमणका लागि रसिया गएका छन् । रसियाका प्रधानन्यायाधीशको निमन्त्रणामा जबरा रसिया गएका हुन् ।
भ्रमणमा जबराकी धर्मपत्नीसहित सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौला र एकजना शाखा अधिकृत लगाएत ४ जनाको टोली रहेको छ ।
रसियामा प्रधानन्यायाधीशले न्यापालिकाको अनुभव आदान–प्रदान गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश भ्रमणमा गएपछि सर्वोच्चको नेतृत्व वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले सम्हालेका छन् । प्रधानन्यायाधीश राणा भने जेठ ९ गते मात्रै नेपाल फर्कने कार्यक्रम रहेको छ ।