मिलन भन्छिनः अब बाँच्ने रहर जागेर आयो (भिडियो)

मिलनका छोरीहरुको पढाईका लागि आर्थिक सहयोग

काठमाडौं । काठमाडौंको टोखामा बस्दै आएकी दुई सन्तानकी आमा मिलन अधिकारीको अनुहारमा धेरै पछि खुशी छाएको छ ।
किड्नी पीडित बेसाहारा मिलनका छोरीहरुको पढाईका लागि वाल हेल्प लाइन काठमाडौं नामक संस्थाले आर्थिक सहयोग गरेपछि उनमा खुशी छाएको हो ।

“पहिला त मेरो कोहि छैन भन्ने लाग्थ्यो उनले भनिन्, अहिले साहश दिने र सहयोग गर्ने थुर्पै मान्छेहरु भेटाउँदा बाँच्न रहर बढेर आएको छ ।”
अनमोल मिडियाले मिलनको पहिलो अन्र्तवार्ता लिएपछि उनको संघर्ष र साहशको धेरैले प्रसंशा गर्दै ढाडस दिएका छन् । उनको त्यहि अन्र्तवार्ता हेरेर उक्त संस्थाले मिलनका छोरीहरुको पढाईमा सहयोग गरेको हो ।

मिलनको यहि अन्र्तवार्ताले उनलाई लाखौंले माया र हौसला मिलेको हो । तपाई पनि हेर्नुहोस उनको पहिलो काहाली लाग्दो स्टोरी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार