काठमाठौं । कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई पर्वतारोहीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई जना भारतीय नागरिक र वेपत्ता हुने चिलीका नागरिक रहेका छन् ।
ताप्लेजुङ जिल्लामा पर्ने कञ्चनजंघा हिमाल आरोहणका क्रममा उनीहरुको बुधबार राति ८ हजार मिटरको उचाइमा मृत्यु भएको हो। मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कन्राज रहेको कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाकले बताएका छन् । वैद्य कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कँदै थिए भने कुलपाल माथि चढ्दै थिए।
दुबै जनालाई हाइअल्टिच्युडको समस्या भएपछि दुबै जनालाई राति नै क्याम्प सम्म ल्याउने प्रयास गरिएपनि उनीहरुको मृत्यु भएकाले ल्याउन समस्या भएको शर्पाले बताएका छन् ।
त्यसैगरी बुधबार नै कञ्चनजंघा चढेर फर्किने क्रममा रहेका चिलीका रोर्टिगो भिभान्का बेपत्ता भएका छन्। उनले आफु चुचुरोमा पुगेर फर्किन लागेको जानकारी दिएपनि त्यसपछि सम्पर्कमा आएका छैनन् ।