स्वतन्त्र मधेश गठबन्धन र तराई मुक्ति मोर्चाबीच पार्टी एकता घाेषणा

जनकपुर । सिके रावत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन र मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग पार्टी एकता भएको छ ।
विहिबार संयुक्त विज्ञप्ति निकालेर पार्टी एकीकरण भएको घोषणा गरिएको हाे ।

सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको गठबन्धन समुहको नेतृत्व गरेका जासर यादवले असन्तुष्टि जनाएका थिए ।
मोर्चाका अध्यक्ष मुक्ति र असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले बिहीबार एकीकरण भएको घोषणा  गरेका छन् । उनीहरुले अब मधेशका मुद्धालाई मिलेर समाधानका लागि निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।

मधेशको विकास अब मधेसी पार्टी बाहेक अरुले गर्न नसक्ने भएकाले आफुहरुले विशेष रुपमा आफ्ना मुद्दालाई माथि उठाउन पहले गर्ने विज्ञप्तिमा भनिएको छ । पार्टी दर्ता भने जेठ २० गते गर्ने निणर्य गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार