अमेरिकामा संकटकाल घोषणा, कारण यस्तो छ

काठमाडौं । अमेरिकामा संकलकाट घोषणा गरिएको छ । विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन ।

बिबिसिका अनुसार राष्ट्रपती ट्रम्पले संकटकाल घोषणा गरेसँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ । विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै ट्रम्पले संकटकाल घोषणा गरेको ह्वाईट हाउसले जनाएको छ ।

कुन विदेशी टेलकम कम्पनीबाट अमेरिकालाई खतरा छ भन्ने बिषयमा केहि खुलाइएको नभएपनि चिनियाँ टेलिकम कम्पनी हुवावेप्रति शंका गरिएको जानकारहरुको भनाई छ । हुवावेका उत्पादनहरुलाई चीनले निगरानीका लागि प्रयोग गर्न सक्ने धेरै देशहरुले आशंका गरेका छन् ।
टेलिकमका उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो निचियां कम्पनी हुवावे हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार