नेकपाले जनवर्गीय संगठनको टुंगो लगायो, भोली घोषणा हुने

युवाको जम्मेवारी दिप शिखालाई, विद्यार्थीको महरलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो जनवर्गीय संगठनहरुको जिम्मेवारी टुङ्गो लगाएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले तत्कालीन माओवादी रएमालेका जनजर्गीयहरुको एकिकरण गर्दै संगठनको नेतृत्व टुंगो लगाएको हो ।

जसअनुसार युवा संगठनको संयोजकमा रामप्रसाद सापकोटा दिप शिखालाई छानिएको छ । उनि तत्कालिन माओवादीकोे वाइसिएलका अध्यक्ष थिए । त्यस्तै युवाको सहसंयोजकमा रमेश पौडेल तोकिएको छन् ।
नेकपाको विद्यार्थी संगठनको संयोजकमा भने ऐन महरलाई छानिएका छ । उनि तत्कालीन एमाले निकट विद्यार्थी संगठनका युवा नेता हुन ।
विद्यार्थीको सहसंयोजकमा रञ्जित तामाङलाई तोकिएको छ । तामाङ तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हुन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दलित संगठनको संयोजकमा तिलक परियार र सहसंयोजक ओमबहादुर विश्वकर्मालाई जिम्मेवारी दिने निर्णय भएको छ।

यसैगरी मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तोकिए ।
प्रेस संगठनमा भने महेश्वर दाहाल संयोजक र गणेश बस्नेतलाई सहसंयोजक तोकिएको छ ।

महिला संगठनको संयोजक अमृता थापा र सहसंयोजकमा सीता पौडेलको नाममा छानिएको छ । थापा तत्कालीन माओवादी निकट महिला नेतृ हुन भने पौडेल तत्कालीन एमाले निकट हुन ।

त्यस्तै मजदुर संगठनमा विनोद श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक छानिए। श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

त्यसैगरी बुद्धिजीवि संगठनमा दिनेशचन्द्र देवकोटालाई संयोजक र कृष्ण केसीलाई उपसंयोजक तोकिएको छ।
त्यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तोकिए । जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिए ।

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा भने लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी छानिए ।

नेकपाले टुङग्याएको आफ्ना जनवर्गीय संगठनको एकताबारे भोलि (शुक्रबार) बिहान ८ बजे पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा बिषेश कार्यक्रमको आयोजना गरी घोषणा गरिने छ । पार्टी एकताको एक बर्षको अवसरमा जनवर्गीय संगठनको एकता घोषणा कार्यक्रम गर्न लागिएको नेकपाले जनाएको छ ।

यो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार