जाजरकोट । कांग्रेसका युवा नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । काँग्रेसको जागरण अभियान अन्र्तगत कर्णालीको जाजरकोट पुगेका नेता थापाले भने, “बर्तमान सरकार अधियान र अलोकतान्त्रिक हुदैछ, लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु भनेको निरंकुशतातर्फ देशलाई लैजानु हो ।”
सरकारले संसदमा दर्ता गरेको मिडिया विधेयक प्रेसलाई नियन्त्रण गर्नेगरी आएको भन्दै त्यसको विरोध भइरहेका बेला नेता थापाले प्रेस स्वतन्त्रता विरोधी उक्त विद्येयक विरुद्ध आम जनता जाग्नुपर्नेमा जोड दिए ।
जाजरकोट क्षेत्र नं २, मा आयोजित सभालाई सम्बोधन गर्दै उनले ओली सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायतका क्षेत्रलाई समेत आफ्नो नियन्त्रणमा राख्न खोजेको दाबी गरे।
आफ्नै पार्टीको बिषयमा बोल्दै उनले नेपाली कांग्रेस स्थानिय तहका नेता कार्यकर्ताको सहयोगले बाँचेको बताए । कांग्रेस गणतन्त्र, मर्ध निरपेक्ष, संविधान कार्यान्वयन र देशको विकासमा सधै जनताको माझमा हुने समेत उनको भनाई थियो ।