काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणको बचाउ गरेका छन् । बालुवाटार जग्गा हिनामिनामा नेकपाकै उच्च नेताको संलग्नता देखिएपछि त्यसको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले जग्गा फिर्ता गर्ने कार्य आफुहरुले उहिल्यै देखि गर्दै आएको बताए । बालुवाटारको सरकारी जग्गा हिनाविनाबारे आफुहरुले खोजीनिती गरेको उनले दाबी गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले शुक्रबार मदननगर बल्खुमा आयोजित २६औं मदन आश्रित स्मृति दिवसका अवसरमा सो कुरा बताएका हुन । “बालुवाटारको जग्गा फिर्ता ल्याउन लाग्दा उल्टै हाम्रो आलोचना भइरहेको छ उनले भने, हामीले २०४७ सालदेखि बिभिन्न व्यक्तिले कब्जा गरेको सरकारी जग्गा फिर्ता गर्ने कार्य गर्दै आएका छौं ।”
प्रधानमन्त्री ओलीले सुन तस्कारहरुलाई किनारा लगाइसकेको भन्दै भष्टाचार अन्त गर्नमा पनि बर्तमान सरकार लागि परेको बताए । आफु पनि भ्रष्टाचार नगर्ने र कसैलाइ गर्न पनि नदिने उनको भनाई थियो । बिपक्षीहरुले सरकारको आलोचना गर्ने कुनै पनि ठाँउ नपाएपछि राष्ट्रपतीका बारेमा नानाथरी बखेडा जिझेको जिकिर गरे ।
‘सरकारको विरोध गर्ने नाउंमा देशलाई अघि बढ्न नदिने, समाजलाई अनुशासनहीन र अराजक बनाउने प्रयास भइरहेको छ प्रधानमन्त्री ओलीले भने, यसमा हामी सचेत छौं।’
राष्ट्रपतिको बिरोध गर्नेहरु परिर्वतन बिरोधी भएको बताउदै उनले गणतान्त्रिक संस्था र पद्धति विरुद्ध पनि असोभनिय ढंगले गलत प्रचार गरिदै आएको बताए ।
प्रधानमन्त्री ओलीले विपक्षी काग्रेस लगायत केही बुद्धिजिवीहरुले सरकारको नीति तथा कार्यक्रममा समेत कंहि पनि आलोचना गर्ने ठाउँ नभेटेपछि ‘मेरो सरकार’ भन्यो भनेर त्यसकै बिरोध गरिरहेको बताए ।
छिमेकी भारत लगायत विश्वका थुर्पै देशमा पनि राष्ट्रपतीले कुनै पनि पार्टीको सरकारलाई ‘मेरो सरकार’ भनेर भन्ने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपतिको बिरोध गर्नुको कुनै औचित्य नभएको प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।
देशमा समाजिक न्याय, समानता र विकासका लागि बर्तमान सरकार तिर्व रुपले अघि बढिरहेको बताउदै प्रधानमन्त्री ओलीले साना तिना कुराहरुमा नअल्झिन सबैमा आग्रह गरे ।
भिडियो हेर्नुहोस