प्रचण्डले गरे मदन भण्डारीको उच्च प्रसंशा (भिडियोसहित)

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीले देखाएको सिद्धान्तलाई आत्मसाथ गर्दै नयाँढंगले पार्टी बढाउनुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार बल्खुमा २६औं मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको आवश्यकता अनुसार पार्टीले नयां तरिकाले योजना बनाएर अगाडी बढ्नु पर्ने जोड दिए ।

पुराना कुरालाई मात्रै दोहोर्याएर बस्न नहुने भन्दै अध्यक्ष प्रचण्डले भने, “मदन भण्डारीले जे जे गरे, हामीले पनि त्यहि त्यहि गर्ने कि, अहिलेको परिस्थिती अनुसार थप परिर्माजन गर्दै जाने ?”

मदन भण्डारीले छोटै अविधिमा, छोटै उमेरमा नेपालमा आँधीहुरी ल्याएर आँधीहुरी जस्तै गएको भन्दै अध्यक्ष प्रचण्डले नेता भण्डारीको जस्तै बिचारको विकास र परिस्थिती अनुकुल परिमार्जित हुनुपर्ने बताए ।

जननेता मदन भण्डारीको बिषयमा प्रचण्डले भनेका अन्य महत्वपुर्ण कुराहरु यहाँ भिडियोमा हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार