लुम्विनीमा बन्ने भाे भिक्षु आवास गृहः प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौं । लुम्विनीमा आधुनिक गोन्पा निमार्ण हुने भएको छ । भिक्षुलाई ध्यान गर्नका साथै आवासको समेत व्यवस्था भएको आधुनिक गोन्पा स्वर्गीय व्यवसायी आङछिरिङ शेर्पाको परिवारले उनको सम्झनामा निमार्ण गर्न लागेका हुन् ।

गोन्पा भवनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । गोन्पा निमार्णका लागि १४ रोपनी क्षेत्रमा आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योगदान रहेको बताए ।

नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्‍याउन र विश्वभरका भिक्षुहरुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई बर्ष भित्रमा गोन्पा निर्माण सम्पन्न गर्ने लक्षय रहेको निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए ।

भवन निर्माणका लागि लुम्विनी विकास कोषले जग्गा उपलब्ध गराएको कोषका सदस्य राजेश ज्ञवालीले जानकारी दिए । कोषको गुरुयोजना अन्र्तगत रहेर हालसम्म लुम्विनी क्षेत्रभित्र २३ वटा राष्ट्रको गोन्पा निर्माण भई सकेको छ भने ३० वटा बढी भिक्षुहरुको लागि गुम्वा निर्माण भई सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार