निर्वाचनमा पराजय भएपनि अन्तरघातीलाई कारवाही गर्छु : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र भइरहेको व्यथितिका विरुद्ध आवाज उठाने बताएका छन् । नेता र कार्यकर्ता  जाे काेही पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेर छोड्ने अठोट व्यक्त गरेका छन् ।

शनिवार पिताजी कृष्ण कोइराला स्मृति परिषद्द्वारा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले भने, ‘आगामी निर्वाचनमा मैले पराजय भोग्नु परे पनि अन्तरघातीलाई कारवाही गरेर छाड्छु ।

देउवाले पार्टीभित्र राम्रा कामको सुरुवाद भएको भन्दै प्रशंसा समेत गरेका छन् । उनले आन्तरिक प्रजातन्त्र बढेका कारण धेरैलेआफ्नो कुरा निडरका साथ राख्न सक्ने भएका बताए ।

गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईले जसरी पार्टी छाडेर हिँड्नुपर्ने अवस्था आफ्नो कार्यकालमा आउन नदिने प्रष्ट पारेका छन् ।

निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्ने काङ्ग्रेसभित्र रहेको बताउँदै सभापति देउवाले विगतमा मोरङ क्षेत्र नं ६ अन्तर्गतका संसदीय र प्रदेशसभा निर्वाचनमा दुई विजयी सांसदले अन्तर्घात गरी संसद्का उम्मेदवारलाई पराजय भोग्न बाध्य पारेको दाबीसमेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार