अपडेटः दुर्घटनामा परी मुत्यु हुनेको संख्या १४, सनाखतको नामावली हेर्नुहोस

काठमाडौं । दुर्घटनामा परी मुत्यु हुनेको संख्या १४ पुगेको छ । आइतबार देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परि १४ जनाको मृत्यु भएको हो। धादिङको बन्छेटारस्थित त्रिशुलीमा बिहान ना ७ ख ४३ ८७  बस खस्दा आठ जनाको मृत्यु भयो ।

मृत्यु हुनेमा काठमाण्डौको थानकोटका राजकुमार सुवेदी, इलामको कन्यामका विशाल गिरी, काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी सीता थपलिया, र धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ का राजन आचार्य रहेका छन् । मृत्यु हुनेमामध्ये प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । २ जनाको सनाखत हुन बाँकी छ ।

उता, बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा ग १ ज ४९२१ नम्बरको जिप दुर्घटना तीनको मृत्यु भयो । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका १० का हिराबल्लभ भट्ट, र नरुली भट्टको ज्यान गएको हो । एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

यता, गुल्मीमा लु २ त ६७६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक दरबार गाउँपालिका १ का मीन बहादुर कुमालको ज्यान गएको गुल्मी प्रहरीले जनाएको छ ।

त्यसै आजै उदयपुरको कटारी नगरपालिका १४ घुर्मी रानी डाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर दुर्घटना हुँदा सहचालक सिन्धुली दुधौलीका लिलावहादुर सार्की र कटारी ५ भोर्ले का डिकबहादुर बुढाथोकीको मृत्यु भयो ।

यि दुर्घटनाहरुमा परी करिब ३० जना भएका छन् । दुर्घटना न्युनिकरणका लागि सरकारी प्रयासहरु भइरहेको भएपनि देशका विभिन्न ठाँउमा यसरि दुर्घटना भई मानिसहरुको अकालमै मृत्यु हुनेक्रम भने रोकिएको छैन् । देशको राजधानी काठमाडौं लगायत अन्य ठुला शहरहरुमा पनि सवारी दुर्घटना भइनै रहेका छन् । सवारी दुर्घटना नियन्त्रणमा ट्राफिक प्रहरी लागिपरेको भएपनि नतिजा भने अझै सन्तोषजनक आउन सकेको छैन । ट्राफिक प्रहरीले केहि बर्ष यता सवारी ब्यवस्थापन र जाँचमा कडाई गरेदेखि दुर्घटनाहरुमा भने केहि कमि आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार