रवि लामिछाने ‘को बन्छ करोडपती’ बाट १२ लाख ८० हजार लिएर बाहिरिए (भिडियोसहित)

काठमाडौं । चर्चित पत्रकार रवि लामिछानेले “को बन्छ करोडपती” बाट १२ लाख ८० हजार लिएर बाहिरीएका छन् । उनले को बन्छ करोडपती मा सोधिएका प्रश्नहरुको जवाफ दिएर ६ लाख ४० हजार जितेका हुन भने ६ लाख ४० हजार दुई वटा कम्पनीले उनलाई अस्पताल निर्माणमा सहयोग गरेका हुन ।

एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको को बन्छ करोडपतीको आइतबारको अँकमा रविले ११ वटा प्रश्नहरुको सामाना गर्दै उक्त रकम जितेका हुन । १२ लाख पचास हजारको १२औं प्रश्नको जवाफ दिन नसकेपछि रविले खेलबाट बाहिरिने निर्णय गरेका थिए । “काठमाडौंमा सवारी साधानलाई कहिलेबाट हर्न बजाउन निषेध गरिएको हो ? ” भन्ने १२औं प्रश्न रविलाई सोधिएको थियो । कार्यक्रममा सहभागीलाई दिइने तीनवटै लाएफलाइन रविले यसअघि नै लिइसकेकाले उनिसंग कुनै विकल्प नरहेपछि कुनै जोखिम नलिई खेलबाट बाहिरिएका थिए ।

खेलबाट आएको रकम आफ्नो लागि भन्दा पनि कालिकोटको राजकोटमा निर्णाधिन सामुदायिक अस्पतालका लागि भएकाले जोखिम उठाउन नखोजेको उनले बताए ।

रविलाई अन्य दुई कम्पनीले गरे आर्थिक सहयोग


पत्रकार रवि लामिछानेलाई को बन्छ करोडपतीमार्फत श्री स्टिल प्रा.ली. र पुष्पतारा केडिया सर्भिस फाउण्डेसन दुबैले ३ लाख २० हजार गरी जम्मा ६ लाख ४० हजार सहयोग गरेका छन् ।  यि दुबै कम्पनीले रविले निर्माण गर्दै गरेको सामुदायिक अस्पताललाई उक्त रमक सहयोग गरेको बताका छन् ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार