काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकको बिरोधमा नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।
पहिलो चरणमा गरिएको आन्दोलनप्रती सरकारले कुनै चासो नदिएपछि सोमबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरिएको हो ।
महासंघको आइतबार साँझ बसेको बैठकले दोस्रो चरणमा विरोधका कार्यक्रम घोषणा गरिएको महासंघले जनाएको दिए । आइतबार साँझ प्रस विज्ञप्ती जारि गर्दै विरोधका कार्यक्रम घोषणा गरिएको हो । जसअनुसार महासंघको जेठ ६ गतेदेखि जेठ २५ गतेसम्म चरणबद्धरुपमा विरोधका कार्यक्रमहरु हुनेछन् ।
जारि विज्ञप्ती अनुसार विरोधका कार्यक्रमहरु यस्ता छन् :
जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।
त्यसैगरी, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने । जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने ।
त्यसैगरी, जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने ।
जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम कार्यक्रम तय गरिएको छ ।
जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने र काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
जारि विज्ञप्ती