काठमाडौं । संसदमा फेरि मृत्युदण्ड दिने सवाल उठेको छ । सोमबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मृत्युदण्डको कुरा उठाएका हुन ।
उनले मृत्युदण्ड अन्य कुरामा भन्दा पनि सार्वजनिक संस्थान डुबाउने ब्यक्तीको अपराधको हद हेरे मृत्युदण्डसम्मको सजाय राख्न आग्रह गरेका हुन । ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिईनुपर्छ उनले भने।’
औद्योगिक व्यवसाय विधेयकमाथि आफूले दर्ता गरेको विरोधको सूचनाबारे धारणा राख्दै सांसद सुवालले लघु, घरेलु र साना उद्योग निजी क्षेत्र र मझौला तथा ठूला उद्योग राज्यले सञ्चालन गर्नुपर्ने सुझाव दिए। विधेयक पुँजीपती बर्गका लागि मात्रै आएको भन्दै सांसद सुवालले गरिबहरु मार्ने विधेयक स्विर्काय नहुने बताए ।
एक अर्ब भन्दामाथिको उद्योगलाई आयकर छुट, लिजमा जग्गा उपलब्ध गराउने, जग्गको हदबन्दी छुट दिने जस्ता सुविधा सरकारले दिने व्यवस्था विधेयकमा भएकाले सांसद सुवालले त्यसको विरोध गरे । सांसद सुवालले भने, ‘विधेयकमा पूँजी भएकाले मात्रै मत खसाल्न पाउँछ भन्ने लेख्न मात्रै बाँकी छ । ’
सांसद सुवालले भने, “यो विधेयकमा निश्चित प्रतिशत आन्तरिक उत्पादन बद्धि गर्ने र निश्चित प्रतिशत आयात कम गर्ने किटान हुनुपर्छ । विधेयक मात्रै बनाउने हो भने त हामीसंग विधेयकका चाङ नै छन्, त्यसको उपलब्धी के हो ?”
विधेयक समाजवाद उन्मुख हुनुपर्नेमा समेत सांसद सुवालले जोड दिए ।
सांसद प्रेम सुवालले संसदमा बोलेको भिडियो
MP Prem Suwal speech in Parliament meeting
मृत्युदण्डको सजाय दिन संसदमा फेरी माग गरिएको छ । देश डुबाउने खालका कार्यमा संलग्नलाई उसको अपराधको आधारमा मृत्युदण्डसम्मको सजाय राख्न नेमकिपाका सांसद प्रेम सुवालले माग गरेका हुन ।
Gepostet von Anmol Media am Montag, 20. Mai 2019











