प्रधानमन्त्रीद्धारा अप्टिकल फाइबर नेटर्वक योजनाको उद्घाटन

काठमाडौं । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। ‍सोमबार धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन्।

मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामलाई सूचनाप्रविधिको पहुँचमा जोड्न नेपाल टेलिकमले यो योजना अघि बढाएको हो। योजना अन्तरर्गत प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गरिनेछ।

टेलिकमको पाचँथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने योजना रहेको छ ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने पनि टेलिकमले जानकारी दिएको छ।

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार