झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयक बिरुद्ध पत्रकारहरुले गरिरहेको आन्दोलन सहि भएको बताएका छन् ।
सोमबार साँझ झापाको बिर्तामोडमा संचारकर्मीहरुसंग छोटो कुराकानी गर्दै पुर्बप्रधानमन्त्री समेत रहेका नेता खनालले प्रेस स्वतन्त्रताको ग्यारेन्टी संविधानमै भएकाले यसलाई कुनै पनि बाहनामा कुण्ठित गर्न नहुनेमा जोड समेत दिए ।
विधेयकले पत्रकारीता क्षेत्रमा ठुलो वहश र संचारमाध्यमहरु मयार्दित हुनुपर्ने कुरा उठाएकाले त्यसतर्फ पनि सबैको ध्यान जान आवश्यक रहेको बताए ।
सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसलाई कुण्ठित गर्नेगरी ल्याउन खोजेको भन्दै पत्रकार महासंघकै अगुवाईमा देशभरका संचारकर्मीहरु आन्दोलनमा छन् । महासंघको अगुवाइमा पहिलो चरणको आन्दोलन सकिए लगत्तै सोमबारबाट दोस्रो चरणको आन्दोलन सुरु भएको छ । संसदमा पेश गरिएको विधेयक फिर्ता लिई सरोकारवालासंग गम्भिर छलफल गरेर परिमार्जित गरिनुपर्ने पत्रकारहरुको मुख्य माग छ ।