काठमाडौं । विप्लव नेतृत्वको नेकपाले ओली सरकारका गलत कुराहरु नेपाली मिडियाले बाहिर ल्याएका कारण नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ ।
सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विद्येयकबारे नेकपाले मंगलबार एक विज्ञप्ती जारि गर्दै पार्टीको आधिकारीक धारणा प्रस्तुत हो ।
जारि विज्ञप्तिमा सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालाबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध मिडियाहरुले लेखेका कारण सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्न खोजेको उल्लेख गरिएको छ ।
नेपालका सबैखाले परिवर्तनमा नेपाली मिडियाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै जारि विज्ञप्तिमा भनिएको छ, जनताको रगत र पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरु पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दैछ।
विधेयकका बिरुद्ध राजनैतिक पार्टी, पत्रकार महासंघ लगायतले थालेको अन्दोलनमा आफ्नो पार्टीको पुर्ण सर्मथन र एक्यवद्धता रहेको समेत विज्ञप्तीमार्फत भनिएको छ ।
विप्लव नेतृत्वको नेकपाद्धारा जारि विज्ञप्ती