नेता नेपालले किन अमेरिकी राजदुतलाई झपारे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का वरिष्ठ नेता तथा पुर्बप्रधानमन्त्री माधवकुमार नेपालले कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई सचेत गराएका छन् ।

अमेरिकी राजदुत र्‍याण्डी बेरीले नेपाली जनतासंग एउटा प्रत्यक्ष संवाद कार्यक्रम संचालन गर्ने कुराको बिरोध भइरहेका बेला नेता नेपालले उनलाई आफ्नो मर्यादा बस्न भन्दै सचेत गराएका हुन ।

बुधबार नेता नेपालले संचारकर्मीसंगको कुराकानीमा भने, “सबैले कूटनीतिक मर्यादाको पालना गर्नुपर्छ, त्यसमा अमेरिकी राजदुत बेरी बसनुपर्छ ।” राजदुत बेरीले आगामी सोमबारबाट ‘राजदूतसँग गफगाफ’ नामक संवाद कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताएका थिए ।

जुन कार्यक्रम वैदेशिक कूटनीतिक विपरीत हुने भन्दै परराष्ट्र मन्त्रालयले समेत त्यस्तो नगर्न राजदुत बेरीलाई आग्रह गरिसकेको छ ।
राजदुत बेरीले गर्ने भनिएको उक्त कार्यक्रमलाई लिएर अहिले सतापक्ष र प्रतिपक्षका विभिन्न नेताहरुले बिरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार