चिनियाँ राजदूतनै भन्छिन्, ‘आज कुरा गर्‍यो भोलि रेल आइहाल्ने होइन,लामो समय लाग्छ’

काठमाडौं । नेपालमा चिनियाँ रेल ल्याउने कुरा निकै चर्कोगरी सुन्निछ । त्यसबारे सरकारीस्तरबाट पनि पहल भइरहेको छ । तर, चिनबाट रेल नेपाल ल्याउन त्यति सहज छैन । जुन कुरा बिहीबार चिनियाँ राजदुत होउ यानछी स्वयमले बताईन । काठमाडौंस्थित दूतावासमा बिहान भएको संचारकर्मीहरुसंगको भेटघाटमा राजदूत यानछीले भनिन, “साँच्चै भन्नुपर्दा चीन र नेपालबीचको रेलमार्ग संसारकै अप्ठेरो ठाउँमा बनाउनु पर्ने रेलमार्ग मध्येको एक हो। त्यसैले यसका लागि धेरै वैज्ञानिक अध्ययनहरू चाहिन्छ, यो आज कुरा गर्‍यो भोलि नै रेल आइहाल्ने भने होइन।”

चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने उनको भनाई थियो ।
यस्तो कठिन आयोजना सुरु गर्नका लागि सबै कुरा स्टेप बाई स्टेप गर्नुपर्ने भएकाले लामो समय लाग्ने राजदुत यानछीले बताइन ।

“अहिले भर्खर पूर्वसम्भाव्यता अध्ययन सकिएको छ उनले भनिन्, रेलमार्गका बिषयमा सम्भाव्यता अध्ययन गर्नुपर्छ, त्यसका लागि नै निकै ठूलो रकम चाहिन्छ । ”

चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले गत वर्ष काठमाडौं-केरूङ रेलको पूर्वसम्भाव्यता गरेको थियो। उक्त अध्ययनले रसुवागढीबाट काठमाडौंको टोखासम्म ७२.२५ किलोमिटरको रेलमार्ग निर्माण गर्न करिब ९ वर्ष लाग्ने बताइएको छ ।

राजदूत यानछीले अब उक्त रेलमार्गको सम्भाव्यता अध्ययन पनि चिनियाँ पक्षले नै गर्ने तयारी भइरहेको जानकारी दिइन्।

सम्भाव्यता अध्ययनको खर्च चिनियाँ पक्षले व्यहोर्ने गरी छलफल समेत भइरहेको उनले बताइन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको गत महिना भएको चीन भ्रमण निकै उपलब्धीपूर्ण भएको उल्लेख गर्दै राजदूत यानछीले हिमालय पार बुहआयामिक सम्पर्क सञ्जालमा हस्ताक्षर गरेकाले चिनियाँ रेल काठमाडौं ल्याउने विषयमा दुबै देश एक भए पनि धेरै कुरा टुंगिन बाँकी रहेको बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार