काठमाडौं। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी आफ्नो पार्टीको हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई जीतको बधाई दिएका छन् ।
अध्यक्ष गान्धी अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । गान्धीले आफ्नो हार स्विकार्दै ईरानीलाई बधाई समेत दिएका छन् । साथै उनले अमेठी जनताको आसा र अपेक्षा ईरानीले पुरा गर्नेमा आफु विश्वस्त रहेको समेत बताए ।
चुनावको मतगणना जारी रहेकैबेला अध्यक्ष गान्धीले पत्रकार सम्मेलन गरेर पार्टीको हारको जिम्मेवारी समेत लिएका छन् ।
चुनावमा काँग्रेसले पाएको मतबाट आत्तिहाल्नु पर्ने अवस्था नभएको भन्दै उनले राजनितीमा विचारधाराको लडाई जारी रहेको बताए । चुनावको हारबाट विचलित नहुन अध्यक्ष गान्धीले पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरे ।