काठमाडौं । भारतमा सम्पन्न लोकसभा चुनावमा उम्मेदवार बनेका केहि लोकपृय कलाकारले पनि सानदार जित हासिल गरेका छन् । चुनावमा उत्तरप्रदेशको मथुरबाट उम्मेदवार बनेकी भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी विजयी भएकी छन् ।
उनले विपक्षीलाई झण्डै दोब्बर मतले हराएकी छन । नेतृ मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएकी छन भने विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहले जम्मा २ लाख १९ हजार १ सय ८ मत ल्याए।
त्यसैगरी, बलिउडका अर्का चर्चित एवम लोकपृय कलाकार सनी देवलले पनि चुनाव जितेका छन् । सम्पन्न चुनावमा उनि भारतीय जनता पार्टी (भाजपा) बाट पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका थिए । उनले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन् ।
त्यसैगरी, भोजपुरी स्टार रवि किशनले पनि चुनाव जितेका छन् । चुनावको केही समयअघि भाजपामा प्रवेश गरेका उनि गोरखपुरबाट निर्वाचित भएका हुन ।
त्यस्तै अर्का भोजपुरी स्टार मनोज तिवारीले पनि निर्वाचित भएका छन् । भाजपाबाट दिल्लीको उत्तरपूर्वी क्षेत्रबाट चुनाव लडेका उनले दिल्लीकी पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेतृ शिला दीक्षितलाई हराएका छन् ।