नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकर्तामा अहमता र घमण्ड पलाएमा भारतको वामपन्थी आन्दोलनको जस्तै हालत हुने बताएका छन् । नेपालमा अहिले कम्युनिष्टकको बहुमतको सरकार रहेका बेला कोहि पनि नेता तथा कार्यर्ताले आफुमा कुनै घमण्ड नराखी काम गर्नुपर्ने भन्दै सचेत गराएका छन् ।
नेकपाको १ सय ५५ सदस्यीय जिल्ला कमिटीलाई शुक्रबार नेपालगन्जमा पद तथा गोपनियताको सपथ गराउँदै पुर्वप्रधानमन्त्री नेपालले भने, “कम्युनिष्ट पार्टीले अहिले प्राप्त गरेको उपलब्धीलाई लामो समयसम्म जोगाई राख्नु म सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गर्दछु, कसैले पनि घमण्ड नराखौं ।”
भारतमा भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी शक्तीको लज्जास्पद हारको प्रसंग उठाउदै पुर्बप्रधानमन्त्री समेत रहेका नेता नेपालले यसबाट आफुहरुले पाठ सिक्नु पर्ने औल्याए । राजनितीक पार्टीका नेता, कार्यकर्तामा घमण्ड, गुटबन्दी, लोभ लालच र भ्रष्टाचार बढ्दै गएमा जस्तो सुकै राजनितिक शक्ती पनि पनत हुने उनको भनाई थियो ।