काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । ४४ वर्षीय ब्रिटिश नागरिक रोबिन हायन्स फिसर शनिबार बिहान २८ हजार २१५ फिट उचाइमा मृत्य भएपछि सगरमाथामा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको हो ।
चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं जाम परेकाले अक्सिजन र अन्य कारणले मृत्यु हुने गरेको बताएको छ । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भिड बढेको हो ।
पाली शेर्पा गाइडहरुले ट्राफिक जाम गम्भीर समस्या बनेको भन्दै नेपाल सरकारका अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।
धेरैजसो अतिरिक्त अक्सिजन सिलिण्डर नबोकेर सगरमाथा चढ्नेहरु नै बढी प्रभावित हुने गरेको सगरमाथा चढेका एक शेर्पा गाइड छिरिङ जाङ्गबु शेर्पाले बताए । उनका अनुसार अत्यधिक चिसो र हावाको कारण होइन भनई ट्राफिक जामकै कारण आरोहीहरु पीडित भएको बताए ।