उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान,यस्तो छ भ्रमण तालिका

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान उपराष्ट्रपति पुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनको विदाईका लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ, मन्त्रीहरुलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
भ्रमण तालिका यस्तो छ
उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने कायृक्रम तालिका तय गरिएकोछ । अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी हुनेछन् ।

उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहेका छन् । उपराष्ट्रपति पुन आगामी जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार