काठमाडौं । राजधानीका विभिन्न ठाउँमा बम विष्फोट भएर चार जनाको मृत्यु भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । सुरक्षा निकाएका तिनैवटै अंगलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बोलाएर आकस्मिक छलफल गरेका हुन् ।
गृहमन्त्री थापाले छलफलका लागि गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीसहित काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बोलाएका थिए ।
गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखलाई देशैभरका कार्यालयलाई हाइ अलर्टमा राख्न र सुरक्षा स्थिति बजबुत बनाउन निर्देशन दिएका थिए ।
उनले उपत्यकामा जस्तै घटना अरु ठाउँमा पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । साथै छलफलमा उनले आइबार दिनभर विभिन्न ठाउँमा भएका घटनाको जानकारी लिएका थिए ।
हेर्नुहोस भिडियो