विप्लवलाई आतंककारी समुह भन्दै प्रधानमन्त्रीले यस्तो प्रश्न गरे

नेपाललाई मानवअधिकारका दृष्टिले कमजोर हुन दिन्न

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई आतंककारी समुहको संज्ञा दिएका छन् । आइतबार राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “विकास र शान्ती बिरोधीहरु अझै सकृय छन्, हिजो बम पड्काउने आतंककारी समूहको माग के हो ? म सोध्न चाहन्छु ।”

प्रधानमन्त्री ओलीले विप्लव समूहको उद्देश्य भनेकै नेपाली जनताबाट पैसा उठाउने बाहेक केहि नभएको आरोप समेत लगाएका छन्।
देशलाई अशान्तीतर्फ धकेल्ने र जनतामा त्रास पैदागरी आफ्नो स्वार्थपुर्ती गर्ने जो कोहिलाई पनि बर्तमान सरकारले नछोड्ने प्रधानमन्त्री ओलीले चेतावनी दिए ।

“बम हान्ने, जनतामा आतंक सिर्जना गर्ने, लुटपाट गर्नेहरु कसरी राजनितीक हुनसक्छन् उनले भने, क्रान्तिको नाम दिएर आतंक फैलाउनेहरु मानव अधिकारका लागि झन खतरनाक पक्ष हुन ।”

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारका दृष्टिले कमजोर देश हुन नदिने समेत प्रतिबद्धता ब्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार