काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली सरकार असफलतर्फ धकेलिदैं गएको बताए छन् । दुई तिहाई बहुमत प्राप्त भएर पनि जनताको शान्ती सुरक्षादेखि विकासका एजेण्डामा फेल हुदैं उनको आरोप थियो ।
काँग्रेसको जारि राष्ट्रिय जागरण अभियान अन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सचेतक खाँडले सरकारले मिडिया काउन्सिल, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी संसदमा विधेयक पेश गरेको समेत बताए ।
उक्त विधेयकहरु संसदबाट फिर्ता नभए सडक संघर्षमा जान उनको भनाइ थियो। सचेतक खाँणले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचारको समेत प्रधानमन्त्री केपी ओलीले ढापछोप गरेको आरोप लगाए ।