झापा । नेपाल आउन लागेका पेट्रोलियम पर्दाथ बोकेका तेलका ट्याङ्करलाई भारतिय नामामा फेरि रोकिएको छ । पेट्रोलियम पदार्थ बोकेका तेलका ट्याङ्करलाई मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्करहरुभारतिय नामाका थन्किएका छन्।
भारतले पूर्वी नाकाबाट नेपाल भित्रिन लागेका ति ट्याङ्करलाई चार दिनदेखि पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकि राखिएको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले जानकारी दिए ।
यसरि चार दिनदेखि तेलका ट्याङ्करहरु नाकामा रोकिएपछि पुर्वी नेपालका अधिकांस क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत पौडेलले बताए।
उनका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्यांकरलाई रोकिराखेको हो।
चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।