काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ जान लागेका हुन ।
सोमवार मोदीले औपचारिक निम्ता पठाएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
मोदीले बिहीवार साँझ ७ बजे भारतिय राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण लिनेछन् ।
मोदीको सपथग्रहणमा सहभागी भएपछि प्रधानमन्त्री ओलीले मोदीसँग द्विपक्षीय वार्तागर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली जेठ १७ गते स्वदेश फर्किनेछन् । मोदीले आफ्नो सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई निम्ता गरेका छन् ।
मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता दिएका छैनन् ।
जबकि मोदीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण माल्दिब्सबाट गरेका थिए ।