प्रधानमन्त्री ओलीले पाए चौंथो विद्यावारिधि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरियाको काङनाम विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् । उनलाई बुधबार एक कार्यक्रमबीच विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले उपाधि प्रदान गरेका हुन् ।

ओलीले नेपाली सेनाको सानो भर्‍याङमा रहेको स्वास्थ्य विज्ञान संस्थानको भवनमा विद्यावारिधि ग्रहण गरेका छन् ।  प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र स्थापनाका लागि अतुलनिय योगदान गरेको भन्दै, गणतन्त्र दिवसको अवसरमा उक्त उपाधि प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपाधि प्रदानपछि बोल्दै  ओलीले यो उपधि आफ्नो मात्रै भएर सम्पूर्ण नेपालीको भएको बताएका छन् । उनले भने, यो सम्मान कोरियाले सम्पूर्ण नेपालीलाई गरेको हो ।

प्रधानमन्त्री ओलीले यसअघि पनि तीनवटा उपाधि पाइरहेका छन् । यो उपाधिसँगै उनका उपाधिको संख्या चार पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार