काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाको उत्थान विना समाजको उत्थान सम्भव नरहेको बताएका छन् । महिलाको विकासले नै देश विकासमा सहयोग पुग्ने भएकाले महिलालाई आत्मसम्मानका साथ बाँच्न पाउने वतावरणको सृजना गर्नु पर्ने बताए हुन् ।
विहिवार काठमाडाैंमा पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधानमा महिलाका थुपैं अधिकार शुनिश्चित गरिएपनि कार्यन्वयनमा केहि समस्या भएको बताएका छन् । उनले संविधानमा गरिएका व्यवस्थालाई गाउँगाउँमा गएर कार्यान्वयन गर्न सबैलाई आग्रह गरेका छन् ।
उनले भने, ‘स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एकमा महिला अनिवार्य गर्दा, धेरै ठाउँमा प्रमुखमा पुरुष नै विजयी भएपनि, केन्द्रमा प्रमुख पदमा महिलाकाे प्रतिनिधित्वले सकारात्म सन्देश दिएकाे छ ।’
अरु देशको तुलनामा नेपाल महिला अधिकारका क्षेत्रमा अगाडी रहेको भन्दै, उनले अवसर पायो भने महिलाले पनि राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण नेपालका महिलाले दिएको बताए । उनले भने, ‘जहाँ दिदीबहिनीले मौका पाएका छन्, त्यहाँ आफ्नो क्षमता देखाएका छन्, पदचिह्न पनि छोडेर आएका छन् ।’
२०६३ जेठ १६ गते प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, आमा वा बुबाको नामबाट नागरिकता, महिला विरोधी कानून खारेजलगायतका विषय समेटेर तत्कालिन सांसद विद्यादेवी भण्डारीले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।
उक्त प्रस्ताव पारित भएको दिनलाई एैतिहासिक दिनका रुपमा मनाउन प्रधानमन्त्री ओलीले सबै महिलादिदीबैनीलाई आग्रह समेत गरेका छन् । उनले आजको दिनलाई चार्डको रुपमा मनाएर सकारात्मक सन्देश फैलाउन पनि अनुरोध गरे ।
जेठ १६ को उक्त प्रस्ताव महिलाहरुका लागि महत्वपूर्ण भएकाले नै अहिले स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रनिधित्व भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाई थियो ।
एउटा घरमा पुरुष शिक्षित भयो भने, आफुमै सिमित रहन्छ र महिला शिक्षित भयो भने पुरै परिवारलाई शिक्षित बनाउछन् भन्दै, प्रधानमन्त्री ओलीले महिलालाई शिक्षित बनाउन र संविधानमा गरिएका व्यवस्थालाई दृढताका साथ कार्यान्वन गराउन आफुले पनि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले घर घरमा हिंसा गरेर महिलालाई रुवाएर आफुहरुले परिकल्पना गरेको सुखि नेपाली सम्बृद्धि नेपालको सपना पुरा गर्न नसक्ने बताएका छन् ।
अब हरेक वर्ष जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाइने छ ।