अब विदेशबाट २५ तोलासम्मका गहना र एकसय ग्राम काँचो सुन ल्याउन पाइने

काठमाडौं । विदेशबाट सुनका गहना र काँचो सुन ल्याउनमा कडाई गरेको सरकारले अबदेखि केहि खुकुलो गरेको छ । विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको हो । हालै सरकारले ल्याएको आर्थिक विद्येयक २०७६ मा भएको व्यवस्था अनुसार अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने छ ।

नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ । अन्नपूर्ण पोस्ट् दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार