काठमाडौं । दक्षिणी सुडानमा फेरि जातीय दंगा हुने सम्भावना बढेर गएको छ । बिहीबार दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई जातीय समूहहरूबीच भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने केहि घाईते भएका छन् ।
त्यहाँका सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको पुष्टि गरेको खबर विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।
जातीय हिंसाका लागि दक्षिणी सुडान विश्वकै लागि चिन्तको बिषय बन्दै गएको छ । जातीय हिंसाकै कारण अहिलेसम्म त्यहाँ लाखौंले ज्यान गुमाइसकेका छन् ।