काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री र राष्ट्रपतिलाई नेपाल भ्रमणकाे निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रपति विद्या भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गरी नेपाल भ्रमणका लागि आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत पुगेका ओलीले शुक्रबार समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उच्चस्तरको भ्रमणका विषयमा छलफल भएको थियो । साथै दुबै देशको सम्बन्धका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
भेटमा ओलीले मोदीलाई फुलमाला लगाई बधाई दिएका छन् । भारतीय प्रधामन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन विहिबार भारत गएका प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।