काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनबारे छलफल प्रारम्भ सुरु गरे पनि निष्कर्षमा नपुग्दै सकिएको हो ।
बैठक भोली फेरि बस्ने छ । भोलीको बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाज टुंग्याउने गरि छलफल गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टी एकिकरणको लामो समयपछि संगठनहरुको जिम्मेवारी बाडफाँडको काम सकेको नेकपाले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने काम भने अझै टुंगो लगाउन सकेको छैन् ।
सांगठनिक एकीकरणका बाँकी काम सकेसम्म बुधबार छलफलमा ल्याएर छिट्टै अघि बढ्ने नेकपाले जनाएको छ ।