६ करोडले संसदकै बदनाम भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एक जना सांसदलाई ६ करोड दिएर संसदकै बदनाम गर्न नपाइने बताएका छन् । सांसदलाई ६ करोड दिएर मन्दिरको पर्खाल बनाउने कामले संसदकै बदनाम हुने भएकाले यो काम बन्द गरिनुपर्नेमा जोड् दिए ।

सरकारले आर्थिक वर्ष २०७६।७७ का लागि प्रस्तुत गरेका बजेटमाथि मंगलबारको प्रतिनिधि सभा बैठकमा बौल्दै थापाले ६ करोड लिएर सांसदलाई निर्वाचन क्षेत्र जान भनिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले भने, आफ्नो निर्वाचन क्षेत्रको समस्या समाधान गरी जनतासँग प्रत्यक्ष जोडिनका लागि ६ करोड होइन अरबको कार्यक्रम लिएर जान चाहान्छौं ।

उनले भने, ‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ। विकासको मागसँग जोडिनुपर्छ भन्ने मलाई पनि थाहा छ। म पनि जोडिन चाहन्छु ।’ ‘बजेटमा मेलम्ची आयोजना, सुरुङ मार्ग निर्माण गरेर राजधानी जोड्ने, अतिक्रमित जग्गाको कुरा, हरित सहरीकरण, साइकल सिटीको कुरा छ। यो मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित छ। म यसमा जोडिन चाहन्छु। तर कसरी जोडिने भनेर प्रश्न राख्छु, उत्तर आउँदैन। संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन।’

सरकारले यस्ता समस्याको जवाफ दिदैन र भन्छ ६ करोड लगेर तपाईको निर्वाचन क्षेत्रमा, मन्दिरको पर्खाल बनाउनुहोस्। सामुदायिक भवन बनाउनुहोस्। किरियापुत्रीको भवन बनाउनुहोस्। जनतासँग जोडिनुस्। यो सबै बदनामीको स्वरुप भएकाले यस्को अन्त्य गर्नुपर्ने थापाले बताए ।

बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सरकारको लक्ष्य अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी समेत गरेका छन् । बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको उनको तर्क थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार