आत्मआलोचना गर्न ईटहरीका मेयरलाई नेताहरुले दिए यस्तो सुझाव

काठमाडौं । पत्रकारलाई कुट्नका लागि बजेटसम्म छुट्याएको भन्दै गैर जिम्मेवारपुर्ण ढंगले सार्वजनिक अभिव्यक्ति दिने ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई आत्मआलोचना गर्न सुझाव दिइएको छ।

मेयर चौधरीले दिएको अभिब्यक्तीबारे चौतर्फी बिरोध भइरहका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्षस्थ नेताहरूले उनलाई आफ्ना गलत अभिव्यक्तीप्रती आत्मआलोचना गर्न सुझाव दिएका हुन ।

मेयर चौधरीले इटहरीका एक स्थानिय पत्रकारमाथी दुब्र्यवहार गर्नुका साथै अन्य कतिपय व्यक्तिबारे सार्वजनिक रुपमा धम्कीपुर्ण अभिब्यक्ती र प्रहरी प्रशासनलाई ने चुनौती दिदै आएका छन् ।

मेयर चौधरीको यस्तो प्रबृती गलत, पार्टीको अनुशासन र मान्यता विपरित रहेको भन्दै प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत उनलाई सच्चिन सुझाव दिएका छन ।

जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहनुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड समेत दिएका छन् ।

उनले फेसबुकमा लेखेन छन, “द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन्, तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुबै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।”

मेयर चौधरीको अभिब्यक्तीबारे नेकपाकै युवा नेता योगेश भट्टराईले पनि चौधरीका कतिपय अभिव्यक्तिहरू उनको राजनीतिक उचाईलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन् । नेता भट्टराईले लेखेको फेसबुक स्टाटस हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार