काठमाडौं । हिन्दु धर्मालम्बीहरुको प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा ९ किलो सुन र १ अर्ब बढि रुपैंया जम्मा भएकाे छ ।
पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले बुधबार ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको विवरण सार्वजनिक गरेको हो ।
त्यसैगरी समितिले ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी संकलन गरिएको जानकारी दिएको छ । संकलित सुन र चाँदी २०१९ देखि २०७५ सम्मको विवरण रहेको बताइएको छ ।
नगद मौज्दाततर्फ एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा विभिन्न बैंकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो रकममध्ये एक अर्बको अक्षय कोष पनि निर्माण गरिएको छ ।
उक्त समिति पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन गर्नका लागि गठन गरेकाे बताइएको छ ।
समितिले यो सबै विवरणको बुधबार पत्रकार समम्मेलन गरी जानकारी गराएको हो ।