‘संघीयता कार्यान्वयन गर्नतर्फ बजेट केन्द्रीत’–अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ बजेट केन्द्रीत रहेको बताएका छन् ।

बिहीबार बसेको संसद बैठकमा आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले भने, “संघीयता कार्यान्वयन गर्नतर्फ बजेट केन्द्रीत छ, बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको भनाई आलोचनाका लागि मात्रै हो ।”
बजेटका सिद्धान्त र प्राथमिकताबारे यसअघि गरिएका छलफलकै आधारमा बजेट ल्याइएको भन्दै अर्थमन्त्री खतिवडाले संविधानको मार्गदर्शन अनुसार नै बजेट बनाइएको दावी गरेका छन्।

अर्थमन्त्री खतिवडाले प्रश्नहरुबारे थप प्रष्ट पार्दै भने, “संविधानमा ब्यवस्था भएका नागरिकका मौलिक हकका कुराहरु, सार्वजनिक निजी वा सहकारी तीनवटै विकासका खम्बाहरुलाई कसरी परिपूरकका रुपमा विकास गर्ने भन्नेमा स्पष्ट भएको र सरकारका नीति तथा कार्यक्रमका आधारमा बजेट आएको हो, बजेट अल्मलिने कुनै प्रश्नै छैन ।”

संविधानको प्रस्तावनाले भने अनुसार नै बजेटले बाटो समातेको भन्दै समाजवादतर्फ जाने विषयमा एक बर्षको मात्रै बजेट भएकाले पर्याप्त हुन नसकेको भने उनले स्विकार गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार