दार्चुला । दार्चुलामा यार्सा टिप्न गएका एक बालकको मृत्यु भएको छ । यार्सा टिप्न जाँदा हिउँमा चिप्लेर व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका १२ बर्षिय अनिष विष्टको मृत्यु भएकको प्रहरीले जनाएको छ ।
व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर करिब ५ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।