नाकको डाँडी भाँच्ने कुरो संसद छिर्यो, मेयरलाई तत्काल कारवाही हुनुपर्ने माग

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको डाँडी भाँच्ने भनेपछि अहिले यो बिषय निकै चर्चामा छ । यस बिषयमा बिहीबार संसदमा कुरो समेत उठ्यो । प्रतिनिधिसभाका सांसदहरुले मेयर चौधरीको अभिब्यक्ती आपत्तजिनक र दुब्र्यवहारपुर्ण रहेकाले उनिमाथी कारवाही गर्न माग समेत गरे ।

संसद बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने मेयर चौधरीलाई कारवाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसदहरु सुजाता परियार र हिरा गुरुङले मेयर चौधरीले आफ्नो पदिय हैसियतको समेत ख्याल नगरि सञ्चारकर्मी लगायत अन्यउपर गलत अभिब्यक्ती दिने र दुर्व्यवहार गर्ने गरेकाले उनिमाथी कारवाही हुनुपर्ने माग गरे ।

“राज्यको चौथौं अँग नै असुरक्षित छ भने अरुको के होला ? सांसद परियारल भनिन, करोडौं खर्च गरेर सिध्याउँछु भन्नु यो कस्तो लोकतन्त्र हो ? यदि राज्य छ भने तत्काल कारवाही गरोस ।”

त्यस्तै सांसद गुरुङले जनप्रतिनिधी नै बजेट छुट्याएर कसैलाई ठिक पार्छु भन्नु गुण्डागर्दी भएको बताइन । “दुईतिहाइको दम्भ देखाएर जनता कुट्न पाइदैन उनले भनिन्, मेयर चौधरीलाई तत्काल कारवाही हुनुपर्छ ।”

मेयर चौधरी केहि दिन अघि इटहरीका एक पत्रकारमाथी दुब्र्यवहार गर्दै उनलाई ठिक पार्नका लागि कजेट नै छुट्याएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार