इटहरीका मेयर चौधरीले दिए अर्को चेतावनी, ‘अब रोडमा उभ्याउँछु’ (भिडियोसहित)

काठमाडौं । आफ्नो अभिब्यक्तीका कारण चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले फेरि पनि भष्टाचारीलाई कठा चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा संचारकर्मीलाई छोटो प्रतिकृया दिदैं मेयर चौधरीले भ्रष्टचारीलाई कालोमोसो दलेर रोडमा घुमाउने बताएका हुन ।

अब हेर्दै जानुस भ्रष्टाचारीलाई एक एक गरेर रोडमा उभ्याइदिन्छु, जनताले कालोमासो दलेर कारवाही गर्छन उनले भने, मेरो हातबाट भ्रष्टाचारहरु कुनै हालतमा उम्दिैनन् ।

पत्रकारको नाकको डाँडी भाँच्न बजेट छुट्याएको भन्ने आफ्नो अभिब्यक्ती आवेगमा आएको मेयर चौधरीले प्रस्ट्याएका छन् । नाकको डाँडी नै भाँच्न बजेट छुट्याउनु भयो त ? भन्ने संचारकर्मीको प्रश्नमा उनले यस्ता कामका लागि नगरपालिकाले बजेट छुट्याउँछ ? भन्दै प्रतिप्रश्न गरेका थिए ।

पत्रकारलाई ठिक पार्न बजेट नै छुट्याइसके भन्ने मेयर चौधरीको अभिब्यक्ती अहिले विवादमा तानिएको छ । उनको यस्तो अभिब्यक्ती पार्टी निति विपरित र गैर जिम्मेवारपुर्ण भएको भन्दै उनकै पार्टीका शिर्ष नेताहरुले उनलाई आफ्नो उक्त अभिब्यक्तीप्रती आत्मआलोचना गर्न सुझाव समेत दिएका थिए ।

त्यसैगरी, मेयर चौधरीले दिएको अभिब्यक्तीका बिषयमा बिहीबार संसदमा कुरो समेत उठ्यो । प्रतिनिधिसभाका सांसद सुजाता परियार र हिरा गुरुङले मेयर चौधरीले आफ्नो पदिय हैसियतको समेत ख्याल नगरि सञ्चारकर्मी लगायत अन्यउपर गलत अभिब्यक्ती दिने र दुर्व्यवहार गर्ने गरेकाले उनिमाथी कारवाही हुनुपर्ने माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार