मिडिया काउन्सिलसम्बन्धी विधेयक लोकतन्त्र विरोधी : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक लोकतन्त्र विरोधी भएको बताएका छन् । विधेयकले मिडिया स्वतन्त्रता भन्दा पनि अंकुश लगाउने खालको भएको भन्दै संसदमा अघि नबढाउन आग्रह गरेका हुन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिडिया काउन्सिल र मावन अधिकार आयोगसम्बन्धी दुबै विधेयकले व्यक्तिको स्वतन्त्रता रोक्न खोजेको बताएका छन् ।

समाभपति देउवाले मिडिया काउन्सिल विधेयक, मानव नबअधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध गर्ने बताएका छन् । दुबै विधेयक लोकतन्त्र विरोधी भएकाले अघि बढाए आफ्नो पार्टी आन्दोलन चर्काउन बाध्य हुने बताए ।

उनले भने, ‘सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको छ, यो हामीलाई मान्य हुदैन् । लोकतन्त्रमा सबैले स्वतन्त्र भएर बोल्न पाउने अधिकार छ,  मिडियालाई पनि स्वतन्त्र भएर काम गर्ने वातावरण सरकारले दिनु पर्दछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार