प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन, पहिलो चरणमा ७ सयलाई रोजगारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको कटुन्जेमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका छन् । शुक्रबार भव्य कार्यक्रमकाबीच प्रधानमन्त्रीले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवाले  रोजगारी पाएका छन् । करिव १ हजार ५ सय युवा भने बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब काम नपाएर कोही विदेशिनु नपर्ने बताएका छन् । उनले यो सुरुवात मात्रै भएको र अन्य कार्यक्रमपनि सुरु गरेर व्यरोजगार युवालाई देशमै रोजगारीका लागि सरकारले पहल गरिरहेको पनि बताए ।

राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने दावी गरेका छन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताएका छन् । विष्टले आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरि यो कार्यक्रम सञ्चालन गरिने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार