मिडिया काउन्सिल विधेयक विरुद्ध महासंघले हातेसाङ्लो जुलुस गर्दै

काठमाडौं । नेपाल पत्रकार महासंघले शनिबार (आज) दिउँसो हातेसाङ्लो जुलुस प्रदर्शन गर्दैछ । शनिवार दिउँसो साढे २ बजे बबरमहलमा सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रदर्शन गर्न लागिएको हो।

महासंघले विज्ञप्ति निकालेर विधेयकको विरोधमा दबाब दिन सञ्चारकर्मीको बृहत् हातेसाङ्लो जुलुस प्रदर्शन गर्न लागिएको बताएको छ । विरोध प्रदर्शनमा सक्रिय रूपमा सहभागी हुन आमसञ्चारकर्मी, पेसागत संघसंगठन, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई आग्रह गरिएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी महासंघ केन्द्रको निर्देशनअनुसार प्रदेश, जिल्ला शाखाहरू आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् । शनिबार प्रदेश राजधानी र जिल्ला सदरमुकाममा पनि आतेसाङ्लो प्रदर्शन गर्ने कार्यक्रम छ। विधेयकको विरोधमा सरकारलाई दबाब दिन यसअघि पनि महासंघले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो।

महासंघले विधेयकमा भएका विवादित मुद्धा हटाउन वा संशाेधन गर्नका लागि उच्च स्तरका राजनितिक विज्ञ, सभामुख लगाएतलाई भेटर पनि छलफल गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार